धनगढी । भन्सार छलेर ल्याइएका ठुलो परिमाणको अवैध मोबाइल डिस्प्लेसहित १ पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले संयुक्त टोलीले सामानसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डेरा गरी बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय मान बहादुर वली रहेका छन् ।