Skip to content

पत्रकारमाथि दुव्र्यवहार गरेकोमा तत्काल क्षमा याचना गर्न माग

nmb bank inside

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुव्र्यवहार गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघले आपत्ती जनाएको छ ।बिहिबार प्रेस वक्तव्य जारी गर्दै संघले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल क्षमा याचना गर्न माग गरेको हो ।

‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मीमाथी आक्रमण गर्नु भएका बरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौं,’ प्रेस वक्तव्यमा लेखिएको छ ।

बिहिबार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा अधिवक्ता थापाले हानेका थिए ।सञ्चारकर्मीहरू नागरिकलाई सत्य सूचना प्रवाह गर्न निरन्तर खटिरहेका भन्दै सञ्चारकर्मीको काममा कुनै बाधा अवरोध नगन सरोकारवालालाई ध्यानाकर्षण समेत गराएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्