Skip to content

सरकारले फिर्ता बोलायो ओली र प्रचण्डको सुरक्षाकर्मी

nmb bank inside

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ‍पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मिलाइ सरकारले फिर्ता बोलाएको छ । दुई जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राखिएको भन्दै बिहीबार उक्त सुरक्षाकर्मीहरू फिर्ता गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयको उच्च स्रोतका अनुसार एमाले अध्यक्ष ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता गराइएको छ। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ३४ जना सुरक्षाकर्मीहरू फिर्ता गराइएको हो ।

कार्यविधिले पूर्वप्रधानमन्त्रीको सुरक्षामा खट्ने सुरक्षाकर्मीको संख्या तोकेको छ। अन्य पूर्वप्रधानमन्त्री तथा नेताहरूका पनि कार्यविधिले तोकेभन्दा बढी भएका सुरक्षाकर्मी फिर्ता गर्ने गृहको तयारी छ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्