काठमाडौँ । एनआईसी एशिया बैंकका नवनियुक्त सीइओ सुजित कुमार शाक्यले कम्पनीका एचआर प्रमुख नारायाण नेपालसहित ३ जनाको जागिर तत्कालका लागि नखाईदिने भएका छन् । यसअघि बैंकमा आउनेबित्तिकै एचआर प्रमुख नारायाण नेपाल, ब्राण्ड विभाग प्रभुख धिरेन्द्र वाग्ले र कम्पनी सचिव दिपेन कार्कीलाई निकाल्ने तयारीमा रहेका उनी अन्ततस् आफ्नो योजनाबाट ब्याक हटेका छन् ।
उनी निकट कर्मचारीका अनुसार यी तीनै जनालाई हटाउने गरी सीइओ शाक्यले तयारी गरेका थिए । यीमध्ये नारायण नेपाललाई बैंकविरोधी गतिविधि गरेको आरोप छ भने धिरेन्द्र वाग्लेलाई सुजित शाक्य विरुद्ध मिडिया उल्टै मिडिया उकासेको आरोप छ । दिपेन कार्की विवादित व्यक्ति भएको, उनी जेलसमेत परेको र उनकै कारण बैंकको इमेजमा धक्का परेको भन्दै शाक्यले तिन जनालाई निकाल्नेगरी उपत्यका बाहिर ट्रान्सफर गर्ने योजना बनाएका थिए ।
तर दिपेन कार्कीलाई निकाल्दा अन्य हाकिमका काण्ड पनि बाहिर आउने, धिरेन्द्र वाग्लेलाई निकाल्दा उनले चलाउन सक्ने केहि मिडियामा सीइओविरुद्ध थप न्युज आउन सक्ने र नारायण नेपाललाई चलाउँदा उनले थप बैंक विरोधी गतिविधि गर्ने, र यो सबै कामले शाक्यलाई नै ब्याक फायर गर्ने ब्रिफिङपछि ३ भाइको जागिर जोगिएको हो ।
सीइओ तत्काल यी योजनाबाट हटे पनि उनले केहि समयभित्रै आफ्नै छुट्टै टिम बनाउने तयारी गरेको बैंकका सिनियर कर्मचारी बताउँछन् ।दिपेन कार्कीको डरलाग्दो यौन काण्डबारे कर्मचारी संगठन पनि नबोलेको भन्दै अहिले बैंकभित्र डिजिटल जेनजी फोर्ससमेत गठन भएको छ । सो फोर्सले डिजिटल प्रविधिको प्रयोग गरेर बैंकका सीइओ लगायत अन्य हाकिमकाबारे भण्डाफोर अभियान चलाउने निर्णयसमेत गरेको छ ।
सोमबारमात्र पेप्सीकोलास्थित स्थित एक रेष्टुरेन्टमा बसेर एनआईसी एशियाका कर्मचारीहरुले डिजिटल जेनजी फोर्स गठन गरेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्