भोजपुरका गाउँघरबाट समेत लोप हुदै ढिकीजाँतो
निरोज कोइराला, नेपाल न्यूज बैंक
भोजपुर । भोजपुरका ग्रामीण बस्तीहरुबाट समेत ढिकीजाँतो लोप हुन थालेको छ । आधुनिक प्रबिधिको बिकाससँगै परम्परागतरुपमा घरघरमा राखिएका ढिकीजाँतोहरु लोप हुदै जान थालेको हो ।
गाउँघरबाट समेत परम्परागतरुपमा रहेका ढिकीजाँतो लोप हुदै गएको अरुण गाउँपालिकाका स्थानीय सोमनाथ कोइरालाले बताए ।
उनले भने, ‘गाउँघरबाट समेत ढिकीजाँतो हराउँदै थालेको छ, यसले गर्दा आगामी दिनमा भावी पुस्ता र युवा वर्गहरुलाई ढिकीजाँतो भनेको के हो भन्ने बुझाउन पनि समस्या हुदै गएको छ ।’
केही बर्ष अगाडीसम्म प्रायः जुन गाउँ जाँदा पनि जाँतोमा मकै पिस्दै गरेको वा ढिकीमा धान कुट्दै गरेको भेटिन्थ्यो । तर अहिले प्रबिधिको बिकाससँगै घरघरमा जाँतो भन्दा पनि त्यसको बिकल्पमा साना मिलहरु देखिन्छन ।
जिल्लाका गाउँगाउँमा बिद्युतको पहुँच पुगेसँगै ढिकीजाँताको परम्परा हटदै गएको हो । भोजपुरमा दुई नगरपालिका र सात वटा गाउँपालिका छ । जहाँ केही वडाहरुमा बाहेक बिद्युतको पहुँच पुगि सकेको छ । सरकारी निकाय तथा पालिकाहरुले समेत अनुदानमा साना मिलहरु बितरण गर्न थालेकाले गाउँघरबाट समेत ढिकी जाँतो हराउँदै गएको स्थानीय सञ्जिव कार्कीले बताए ।
अहिले जिल्लाका ग्रामीण बस्तीहरुमा समेत साना मिलको माग बढेको न्यू सिद्धकाली सप्लायर्सका प्रोपाइटर वाजिम मगरले बताए । उनले आफनो पसलबाट समेत धेरै साना मिलहरु बिक्री गरि सकेको बताए । अहिले गाउँगाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानी पिसानी मिलको पनि संख्या बढेकाले पुर्खौंदेखि चल्दै आएका ढिकीजाँतो लोप हुँदै गएका हुन् । गाउँघरमा भित्रिएका टुकटुके मिल निर्माण भएपछि ग्रामीण भेगबाट कुटानी पिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् ।
थोरै अन्न पिस्न घण्टौँ लगाएर ढिकीजाँतो चलाउनुभन्दा सस्तो दरमै मिलमा लगेर सजिलै पिस्न सकिने भएकाले गाउँघरबाट समेत परम्परागत अवस्थाका सामग्रीहरू हराउँदै जान थालेको हो । पहिले धान, गहुँ, कोदो र पिठोका लागि ढिकीजाँतो प्रयोग हुने गर्थे । तर अत्याधुनिक प्रविधिले परम्परागत ढिकीजाँतोलाई विस्थापित गर्दै विद्युतीय मिलको प्रयोग बढेको पौवादुङमा गाउँपालिकाका काजी राईले बताए ।
बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा गाउँघरका परम्परागत ढिकीजाँतो लोप हुने क्रममा रहेको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख दुर्गा प्रसाद सुवेदी बताउँछन ।
प्रमुख सुवेदीले भने, ‘अत्याधुनिक प्रविधिका मिलहरू गाउँगाउँमा खोलिनु र अहिले गाउँघरमा ढिकीजाँतो गर्ने मनिस पनि नहुने भएकाले ढिकी जाँतो जस्ता परम्परागत शैली र पहिचानका सामग्रीहरू लोप हुँदै जान थालेको हो ।’


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्