Skip to content
nabil bank inside

एनआईसी एशियामा ‘डिजिटल जेनजी फोर्स’ गठन, सीइओ शाक्यलाई सहयोग गर्ने, अन्य हाकिम विरुद्ध भण्डाफोर अभियान चलाउने !

nmb bank inside

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देशका विभिन्न निकाय र राजनीतिक दलमा जेनजी दस्ता बनिरहेका बेला बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कमजोर बैंक एनआईसी एशिया बैंकमा पनि डिजिटल जेनजी फोर्स गठन भएको छ । नवनियुक्त सीइओ सुजित शाक्यलाई रचनात्मक सहयोग गर्ने र अन्य हाकिमको मनोमानी विरुद्ध भण्डाफोर गर्नेगरी फोर्स गठन गरिएको जनाइएको छ । उनीहरुले सीइओले गलत गरे त्यसका विरुद्ध पनि बोल्नेसमेत दाबी गरेका छन् ।

दिपेन कार्कीको डरलाग्दो यौन काण्डबारे कर्मचारी संगठन पनि नबोलेको भन्दै केहि समय अगाडी कर्मचारीहरु एउटा समूह बनाएर यस विषयमा छलफल गरिरहेका थिए । तर, पछिल्लो समय जताततै जेनजीको माहोल भएकाले बैंकमा पनि यस्तै नाम दिएर दस्ता गठन भएको पाइएको छ ।

सो फोर्सले डिजिटल प्रविधिको प्रयोग गरेर बैंकका सीइओ लगायत अन्य हाकिमकाबारे भण्डाफोर अभियान चलाउने निर्णयसमेत गरेको छ । सोमबारमात्र पेप्सीकोलास्थित स्थित एक रेष्टुरेन्टमा बसेर एनआईसी एशियाका कर्मचारीहरुले डिजिटल जेनजी फोर्स गठन गरेका थिए ।

सो फोर्सले दिपेन कार्कीको काण्डका विषयमा राष्ट्र बैंकमा लिखित उजुरी गर्ने, एचआर प्रमुख नारायण नेपालका काण्डहरु विभिन्न मिडियामा भण्डाफोर गर्ने, अर्जुन खनियाँले गरेका आन्तरिक मनोमानीका प्रमाण संकलन गरेर मिडियालाई दिने, र राष्ट्र बैंकमासमेत सो विषयको जानकारी पठाउने निर्णय गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्