काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक (नेप्से) ५.३६ अंक बढेर बन्द भएको छ । सो वृद्धिसँगै आज नेप्से परिसूचक २८३८ अंकमा कायम भएको छ ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशत बढेको छ । यस समूहमा थपिएका नयाँ कम्पनीको मूल्य बढेकाले समग्र समूहगत सूचकमा प्रभाव परेको हो । त्यस्तै होटल तथा पर्यटन १.३८, हाइड्रोपावर ०.६७, अन्य ०.५६, तथा व्यापार ०.०३ प्रतिशत बढे । घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२७, विकास बैंक ०.३८, फाइनान्स ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३३ र निर्जीवन बीमा ०.५३ प्रतिशत घटे ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कालिका पावरको ८.३३, रिलायन्स स्पिनिङ मिल्किो ६.४८ तथा सोलु हाइड्रोपावरको ४.५४ प्रतिशत मूल्य बढ्यो ।
एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशत घट्यो । सुपरखुदी हाइड्रोको ४.४०, तथा इमर्जिङ नेपालको सेयर मूल्य ३.५९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्