Skip to content

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्