काठमाडौँ । बोतल र जारको पानीको मूल्य बढेको छ । नेपाल पानी उद्योग महासंघले शनिबार विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य बोतल र जारको पानीको मूल्य बढाउने भएको हो।
पश्चिम एसियामा जारी तनावका कारण पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भएको र पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा त्यसका सहायक उत्पादन पनि प्रभावित भएको महासंघको भनाइ छ।
महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ रोल, जार, जार क्याप लगायत कच्चा पदार्थहरूको ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ।पानीमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न तीन महिनादेखि एलसी नखुलेको र मुलुकमा कच्चा पदार्थ मौज्दात नगन्य मात्रामा रहेकोसमेत महासंघले जनाएको छ।
‘नेपाल पानी उद्योग महासंघ सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
महासंघले प्रतिबोतल काठमाडौं उपत्यकाभित्र २० रुपैयाँ र उपत्यकाबाहिर २५ रुपैयाँ बनाउन आग्रह गरेको छ। त्यस्तै, प्रतिजार ६० रुपैयाँ र उपत्यकाबाहिर ८० रुपैयाँ बनाउन भनेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्