Skip to content

बुधबारपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्