काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू हटाउन सरकारसँग माग गर्दै पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । बुधबार आयोजित प्रेस मिटमा उनीहरूले ‘महँगीको मारमा सुशासन फरार’ नामक अभियान सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर संरचनामा पुनरावलोकन गरी तत्काल जनतालाई राहत दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले अभियान कुनै व्यक्ति विशेष वा राजनीतिक लक्षित नभई पेट्रोलियम पदार्थमा लाग्ने कर संरचना (६ कर माफ अभियान) मा केन्द्रित रहेको स्पष्ट पारेको थियो ।जेन्जी अगुवा ढुङ्गानाका अनुसार पेट्रोल आयात गर्दा विभिन्न शीर्षकमा कर लगाइँदै आएको छ । जसअनुसार भन्सार महसुल, प्रदूषण शुल्क, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी विभिन्न प्रकारका करहरू समावेश छन् । ढुङ्गानाका अनुसार, यी करहरूको संयुक्त भारका कारण पेट्रोलको मूल्य अत्यधिक बढेको र हाल प्रति लिटर करिब २१९ रुपैयाँ सम्म पुगेको अवस्था रहेको छ ।
उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर प्रत्यक्ष रूपमा दैनिक उपभोग्य वस्तु, यातायात सेवा र जीवनयापनका सबै क्षेत्रमा परेको बताए । ढुङ्गाना समूहका अनुसार, डिजेल तथा पेट्रोलको मूल्य वृद्धिले सार्वजनिक यातायात भाडादेखि खाद्यान्न तथा अन्य आवश्यक वस्तुको मूल्य समेत बढेको छ, जसका कारण सामान्य नागरिकको जीवनयापन अत्यन्त कठिन बनेको छ ।
‘नेपालजस्तो भूपरिवेष्ठित देशमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सम्पूर्ण अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ,’ ढुङ्गानाले भने । सरकारलाई तत्काल पेट्रोलियम पदार्थमा लाग्ने कर संरचनामा पुनरावलोकन गर्न उनले आग्रह गरेका छन् । उनीहरूले विशेषगरी भन्सार महसुल र पूर्वाधार विकास कर जस्ता शीर्षकमा कर घटाएर वा हटाएर तत्काल राहत दिन सकिने बताए ।
पेट्रोलको वास्तविक मूल्य घटाउन होइन, करको भार घटाए मात्र पनि उपभोक्ता मूल्य स्वतः कम हुन्छ,’ उनले भने । सरकारले हाल केही करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको भए पनि त्यसले उपभोक्तालाई प्रत्यक्ष राहत नदिएको उनीको दाबी छ ।ढुङ्गानाले महँगी नियन्त्रण नहुँदा सामाजिक असन्तुलन, बेरोजगारी, आपराधिक गतिविधि तथा विदेश पलायनको समस्या बढ्ने चेतावनी पनि दिएका छन् ।
उनका अनुसार, महँगी नियन्त्रण सुशासनको महत्वपूर्ण आधार हो र यसलाई समयमै सम्बोधन नगरे दीर्घकालीन समस्या उत्पन्न हुन सक्छ । जेन्जी अगुवा ढुङ्गाना समूहले सरकारलाई तत्काल पेट्रोलियम पदार्थमा लगाइएका करहरू पुनरावलोकन गरी जनतालाई राहत दिन आग्रह गर्दै आफ्नो अभियान निरन्तर रहने जनाएको छ ।
उनीहरूले राज्यलाई विनम्र अनुरोध गर्दै नागरिकको जीवन सहज बनाउन कर नीतिमा तत्काल सुधार आवश्यक रहेको व्यक्त गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्