Skip to content

२४ घण्टामा दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व सङ्कलन

nmb bank inside

काठमाडौँ । २४ घण्टामा दुई हजार बढी सवारी चालक कारवाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा मात्र ट्राफिक नियमको उल्लङ्घन गर्ने दुई हजार ४८९ सवारी चालक कारवाहीमा परेका हुन्। जसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्