काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमलेबिहिबार रातीदेखि लागु हुनेगरि पेट्रोलको मूल्य २ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य १२ रुपैयाँले घटाएको हो।
योसँगै नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौँ, दिपायल र पोखरामा प्रतिलिटर २ सय १७ रुपैयाँ पुगेको छ । यसअघि सुर्खेत र दाङमा प्रतिलिटर २ सय १८ रुपैयाँ रहेको पेट्रोल घटेर २ सय १६ रुपैयाँ पुगेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा २ सय १४ रुपैयाँ ५० पैसा पुगेको छ ।
पेट्रोल र डिजेलको मूल्य घट्दा हवाई इन्धनको मूल्य भने बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ७ रुपैयाँले बढाइएको छ । अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर ४६ डलर बढाइएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्