Skip to content

कुमारी बैंकका कर्मचारीले विष सेवन गरेर प्राण त्यागे, श्रीमतीलाई जागिर दिएर सामसुम पारियो केस !

nmb bank inside

काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेको केसको चौतर्फी चर्चा चलिरहेका बेला कुमारी बैंकमा पनि त्यस्तै एउटा घटना घटेको खुलासा भएको छ । कुमारी बैंकमा इन्टरनल अडिट विभागमा कार्यरत कर्मचारी भरत थापाले विष सेवन गरेर प्राण त्याग गरेको खुलासा भएको हो । प्रहरीले थापाले विष सेवन गरेर प्राण त्याग गरेको पुष्टी गरेको छ ।

सर्वोच्चको आदेश कार्यान्वयनमा गएसँगै बैंकिङ क्षेत्रमा हलचल, ‘अयोग्य ठहर’ भएसँगै कुमारी बैंकका सीइओको पद चैट ! 

घटना भक्तपुरको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जे निवासी थापा केहि दिन यता परिवारको सम्पर्क बाहिर थिए । परिवार अफिसको कुनै कामले कतै बाहिर होला भन्नेमा थियो । तर दिन बित्दै जान थालेपछि खोजिनिधि भयो । तर, खबर दुखको आयो, थापाको शब जंगलमा भेटियो ।

भक्तपुरकै पाइलट डाँडामा उनी आफ्नो गाडी लिएर पुगेको, त्यहाँ उनले विष सेवन गरेको थाहा भयो । गाडीसँगै विषको बोतल र शव फेला परेको प्रहरीको भनाई छ ।

थापाको शब भेटिएपछि बैंकको टर्चरका कारण थापाको ज्यान गएको भन्दै मृतकका परिवार प्रहरीकहाँ पुग्यो । तर प्रहरीले जाहेरी नै लिन मानेन । पछि निकै विवाद भएपछि प्रहरीले जाहेरी लियो । तर अहिले सो जाहेरी उपर अनुसन्धान कहाँ पुग्यो भन्ने खुलेको छैन ।

Exclusive : कुमारी बैंकले सार्वजनिक गर्ने वित्तीय विवरण नै ‘फेक’ हुने गरेको खुलासा, इमेलमै भनियो -‘फाइल लुकाउनू’

यस विषयमा महानगरीय प्रहरी वृत्त जगातीकी डिएसपी चञ्चला श्रेष्ठले भने आफू अस्पतालमा भएकाले यसको जानकारी मुद्दा शाखाबाट लिन आग्रह गरिन् । मुद्दा शाखाका अधिकारीले शाखाले अहिलेसम्म थापा प्रकरणमा विस्तृत प्रतिवेदन विधि विज्ञान शाखाबाट नआएको र आफूहरू पनि उक्त प्रतिवेदनकै पर्खाइमा रहेको बताए ।

यहि बीचमा प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गर्ने, बैंकले मृतककी श्रीमतीलाई जागिर दिने, र परिवारले शबको अन्त्यष्टी गर्ने सहमति भयो । जाहेरी नै नपरेपछि बैंकका सीइओ रामचन्द्र खनाल यो केसमा जोगिए । तर पक्राउ पर्ने डरले उनले हतारहतार मृतककी श्रीमतीलाई जागिरको व्यवस्था गरिदिए । सुरुमा करारको रुपमा राख्ने प्रस्ताव गरे । तर परिवारले नमानेपछि अहिले उनलाई जुनियर असिस्टेन्टको रुपमा नियुक्ति दिईएको छ । बैंकको एचआर विभागका एक कर्मचारीले दिएको जानकारी सुरुमा यसरी जागिर दिन कर्मचारी विनियमावलीले नदिने प्रश्न उठेको थियो । तर, सीइओ खनालले अहिले केस सामसुम पार्ने पछि सरुवा गर्ने नाममा उनलाई निकाल्ने भनेपछि उनलाई जागिर दिईएको थियो ।

Exclusive : कुमारी बैंकमा ‘चोर बाटो’बाट पुनर्नियुक्तिका नाममा १८ जनाको ‘गैरकानुनी बढुवा’ ! (इन्टरनल मेमोसहित)

थापाले प्राण त्याग गरेको केहि समय बितिसकेको छ । तर, यो केसको अनुसन्धान अघि बढेको छैन ।

यसै विषयमा बैंकले भने आफ्ना कर्मचारीले प्राण त्याग गरेको विषयमा आफुलाई थाहा नै नभएको गैर जिम्मेवार जवाफ दिएको छ । बैंकका सूचना अधिकारी चन्दन कार्कीले आफुलाई यस विषयमा केहि पनि थाहा नभएको दाबी गरे ।

सामान्य ‘टोकन अफ अप्रिसिएसन’लाई अवार्ड भन्दै भ्रम छर्दै बैंकहरु, कुमारीबाट सुरु भएको थियो ‘भ्रमको खेती’ !

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्