हाकिमको गलत हठले कालोसूचीमा परेको खातामा पनि कारोबार गर्न दिँदा कुमारी बैंक कारवाहीमा !
अर्थ खबर
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट कारवाहीमा परेका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र सञ्चालकहरू स्वतः अयोग्य हुने सर्वोच्च अदालतको फैसला कार्यान्वयन प्रक्रियामा गएको छ। सर्वोच्च अदालतले २०८१ मङ्सिरमा गरेको उक्त फैसला कार्यान्वयनका लागि निर्देशनात्मक आदेशसहितको पत्र राष्ट्र बैंकलाई पठाएपछि, राष्ट्र बैंकले पनि विभिन्न बैंकलाई यसको जानकारी गराएको छ ।
अधिवक्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले दायर गरेको मुद्दामा सर्वोच्चले नियामक निकायबाट कारवाही भोगेका सीइओ र सञ्चालकहरू पदमा बस्न ‘अयोग्य’ हुने व्याख्या गरेको थियो ।
सर्वोच्च अदालतले नसियत वा ‘सचेत गराउने’ प्रकृतिको कदमलाई समेत कारवाहीकै रूपमा व्याख्या गरेको कानुन व्यवसायीहरू बताउँछन्। यसले राष्ट्र बैंकबाट कुनै पनि प्रकारको अनुशासनात्मक कदम भोगेका पदाधिकारीहरू प्रभावित हुन सक्ने देखिएको छ ।

हाकिमको गलत हठले कालोसूचीमा परेको खातामा पनि कारोबार गर्न दिँदा कुमारी बैंक कारवाहीमा !
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
ताजा समाचार
साताको चर्चित