काठमाडौँ । ‘नेपाली पात्रो’ नामक एपले गैरकानुनी रुपमा पात्रो प्रकाशन गरिरहेको पाइएको छ । सरकारी निकाय पञ्चाङ्ग निर्णायक बिकास समितिको निर्देशन अटेर गर्दै पात्रो प्रकाशन भएको पाइएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो र क्यालेण्डर प्रकाशन गर्न पाइने र प्रकाशित पात्रोको सिरानमा नेपाल पंचाङ्ग निर्णायक बिकास समितिबाट स्वीकृत प्राप्त लेखी स्वीकृतिको चलानी नम्बरसमेत लेखिनुपर्ने प्रष्ट प्रावधान छ । तर नेपाली पात्रोले भने न नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिबाट स्वीकृत प्राप्त लेखेको छ, न चलानी नम्बर नै राखेको छ ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले स्वीकृतिबेगर पात्रो प्रकाशन गर्न नपाइने र प्रकाशित पात्रोमा प्रष्टसँग स्वीकृति प्राप्त गरिएको विवरण र चलानी नम्बर लेखिनुपर्ने बताए । उनका अनुसार यो डिजिटल रुपमा प्रकाशन गरिने क्यालेण्डरको हकमासमेत लागु हुने नियम हो । समितिको यो नियमअनुसार नै अन्य डिजिटल क्यालेण्डरले स्वीकृतिपत्रको लिंकसमेत राखेर पात्रो प्रकाशन गरेका छन् ।
पन्थीले स्वीकृतिबेगर पात्रो प्रकाशन गर्ने र निर्देशन विपरित क्यालेण्डर छाप्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने बताए । ‘क्यालेन्डर प्रकाशन गर्दा प्रष्टसँग के के लेख्नुपर्छ भनेर थुप्रैपटक सार्वजनिक सूचना निकालेका छौँ । निर्देशन नमान्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ ।’ समितिका कार्यकारी निर्देशक पन्थीले भने ।
यता नेपाली पात्रोका अधिकारीहरुले भने यस विषयमा आफुहरुलाई जानकारी नै नभएको दाबी गरे । नेपाली पात्रोको वेव साइटमा दिईएको नम्बरमा कल गर्दा त्यहाँका प्रतिनिधिले आफुहरुलाई यस्तो नियमबारे थाहा नै नभएको बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्