Skip to content

Artha Khabar Briefing : घरभेटीको बदमासी खोतल्ने हो भने उठ्न सक्छ महिनाकै करोडौं राजश्व, सरकारले आँट गरोस्

nmb bank inside

काठमाडौँ । घर बहाल हुन्छ ५० हजार, अनि सम्झौता बन्छ ५ हजारको । उद्देश्य एकमात्र करछली । महिनाको ५० हजारको दरले भाडा उठाउँदा घर बहाल कर १० प्रतिशतका दरले हुन्छ, ५ हजार अनि महिनाको ६० हजार । तर सम्झौता बन्छ ५ हजारको, अनि कर देखिन्छ ५ सय अर्थात बर्षको जम्मा ६ हजार । ६० हजारमा ६ हजार तिरियो, बाँकी ५४ हजार छली भयो । यस्तो गर्ने घरभेटीहरुलाई खोज्नेमात्र हो भने राज्यलाई महिनाकै करोडौं राजश्व उठ्न सक्छ ।

अव कुरा उठ्छ, यो खोज्न सजिलो छ त ? एकदम सजिलो छ । यसका दुई तरिका छन् । एक त घर बहाल कति लिएको छ भन्ने घरभेटीको खातामा रकम हेर्ने । भाडा तिर्नेले, अझ कम्पनीले तिर्ने भाडा त बैंक खातामा गएको हुन्छ नै । त्यहाँबाट ट्रयाक गर्ने र बाँकी छल भएको कर उठाउने । अर्को भनेको क्यासमा भाडा लिनेदिने गर्न नदिने । यसै पनि अलि ठुलो खर्च क्यासमा गर्न देशका विभिन्न कानुनले दिंदैन । घरभेटीको हकमा पनि यसरी छली भएको थुप्रै कर उठाउन सकिन्छ ।

कर छल्ने घरभेटीहरुबाट राज्यले उठाउन सक्छ अरवौं जरिवाना
बढी भाडा लिने, तर कम भाडा देखाएर कम कर तिर्ने घरभेटीहरुको पूरानै बदमासी हो । प्रचलित कानुन अनुसार यो राजश्व छली हो, गम्भीर कसुर हो । यस्तो बेला कुन कानुन आकर्षित हुन्छ त ? कर अधिकृतले कर छली भएको छ वा छैन भन्ने हेर्न सक्छ । अनि जति कर छली भएको छ, त्यसको ब्याज र जरिवानासमेत घरभेटीबाट उठाउन सक्छ । घरभेटीहरुले बर्षौंदेखि घरबहालकर कम देखाएर कर छली गरिरहेका छन् । यस्तो हकमा करको जरिवाना र ब्याज सहित असुलेर घरभेटीहरुबाट करछलीको रकम उठाउन सकिन्छ । राज्यलाई अहिले पैसा चाहिएको छ । पैसा चाहिएकै कारण थुप्रै ठाउँमा कर बढाउने काम भएको छ । तर घरभेटीले गर्ने कर छलीमात्र कम गर्ने हो भने सिष्टम पनि बस्छ, करोडौँ मात्र होइन, अरवौं कर उठ्छ ।

घरभेटी कि बहालवाला घर बहाल कर तिर्ने कसले हो ?

आजकल काठमाडौँ लगायत देशका मुख्य शहरका घरभेटीहरुले घर बहाल कर बहालवालालाई नै तिराउने गरेका छन्, जुन गलत छ । किनकि आय घरभेटीको भएको हो, बहालवालाको त खर्च हो । खर्चमा कर होइन, कर भनेको आम्दानीमा लाग्ने कुरा हो । त्यसैले घर बहाल कर घरभेटीले नै तिर्नुपर्ने हो । तर राज्यले घरभेटीको यो बदमासी नहेर्दा अहिले थुप्रै बहालवालाहरु विशेषगरी कम्पनीहरु मारमा परेका छन् । घरभेटीले कर पनि आफैं तिर्नु भनेर बहालवालालाई भन्ने गर्दा त्यसको सिधा मारमा भाडामा बस्नेहरु पर्ने गरेका छन् । यसै पनि धेरै घरभेटीले कर छल्छन्, त्यसमाथि बहालमै बस्नेलाई कर तिराउँछन्, यो त बेथितिको पनि हद भएन र ?

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्