काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्