काठमाडौँ । सिप्रदी ट्रेडिङको टाटा गाडी । सिप्रदी मात्र एउटा कम्पनी र टाटा एउटा मात्र गाडीको ब्रान्ड मात्र होइन, राज्यलाई बेवकुफ बनाएर ठगी गर्ने दुस्प्रयास गर्ने कम्पनी हो । चितवनका सवारीधनीलाई रुनुसम्म रुवाएको ब्राण्ड हो, काठमाडौँ महानगरपालिकालाई ठग्ने प्रयास गरेपछि, हालका प्रधानमन्त्री बालेन शाह काठमाडौँका मेयर हुँदा नै कालोसूचीमा राख्न सिफारिस गरिएको देश ठग्न खोज्ने कम्पनी हो । सिप्रदीको विवाद खोतल्दै जाँदा देशको खोला नै मिचेर उसले बनाएको आलिसानको भवनको तथ्यसम्म पुगिन्छ । काठमाडौँलाई भारतको राज्य भनेर टाटाले सामान भित्र्याउँथ्योभन्नेसम्मका सत्यसम्म पुगिन्छ । तर यतिधेरै विवाद, यति नमज्जाको ठगी, यतिसाह्रो बदमासी हुँदा पनि नेपालमा सिप्रदी र टाटाले उत्कृष्टताको डम्फु बजाएर कमसल गाडी बेचिरहेछ । अन्य दबाब र प्रभावका भरमा सब चुपचाप छन् । तर आखिर यो मौनता कहिलेसम्म, हामीले सिप्रदी ट्रेडिङले चलाईरहेको लुट र बदमासी र टाटा गाडीको गुणस्तरमा उठेका प्रश्नबारे बोल्न सुरु गरेका छौँ । र अपरेशन सिप्रदीको यो पहिलो अंकमा हामी सिप्रदीले देशलाई कसरी ठगेको थियो, अहिले जनतालाई कसरी रुवाईरहेको छ भन्ने तथ्य खोतल्दैछौँ ।
किनेकै दिनदेखि गाडीमा समस्या, गुहार गर्दा कम्पनीको वेवास्ता !
घटना भरतपुरको हो । भरतपुरका सवारी धनीहरु सिप्रदी ट्रेडिङले बेच्ने टाटाको योद्धा किनेर राम्रो व्यापार गर्ने सुरमा थिए । तर गाडीमा किनेकी दिनदेखि निकै समस्या आएपछि उनीहरु हैरान भए । कम्पनीले निरन्तर वेवास्ता गर्ने, आफ्नो गाडी राम्रोसँग नचल्ने । आफुहरु नै डुब्ने अवस्थामा पुगेपछि उनीहरु मिडियासम्म पुगे । तर, अझै पनि उनीहरुको समस्यालाई सिप्रदीले ‘सिरियसली’ लिएको छैन । सवारीधनीहरु भन्छन्- ‘टाटाको योद्धा गाडीमा समस्या छ । जे भनेर किनियो, स्थिति त्यस्तो रहेनछ, घाटा हुने भयो, बर्बाद हुने भयो ।’
सवारीधनीहरुका अनुसार टाटाले यतिसम्म घाटा गरायो कि पहिलो टिपबाटै गाडीमा समस्या आउन थालेको थियो । उनीहरुले कम्पनी गुहारे, लौ न गाडी त बिग्रेको रहेछ भने, तर अहँ कसैले उनीहरुको कुरा नै सुनेन । एक जना होइन, दुई जना होइन, करिव डेढ सय जना यस्तो समस्याबाट गुज्रिएका छन् । तर एक पटक गाडी बेचेपछि सिप्रदीले गाडी खरिदकर्ताको समस्या सुनेको छैन ।
पिडितहरुका अनुसार गाडी अचानक बन्द हुने, लाइटमा समस्या देखिने, इञ्जेक्टरमा समस्या देखिने लगायतका समस्या देखिएका छन् । सिप्रदीले बिग्रेका गाडी बेचेर नबनाईदिएपछि सिप्रदी ट्रेडिङ पिडितहरु अहिले एकजुट बनेर सिप्रदी र टाटाको बदमासीको विरोध गरिरहेका छन् ।
‘किनेकै दिनदेखि गाडीमा समस्या आयो । हामीले हार गुहार गर्यौँ, तर कम्पनीले सुन्दै सुनेन ।’ एक पीडीतले भने, ‘हामी एक जना, दुई जना होइनौं, करिव डेढ सय यस्ता पीडीतहरु छौँ ।’ ती पीडीतका अनुसार गाडीको इन्जिन एकासी बन्द हुने समस्या पहिलो दिनदेखि नै आएको थियो । इन्जिनमै समस्या आएपछि उनीहरु टाटाको योद्धाले आफुहरुलाई ठगेको निष्कर्षमा पुगेका थिए ।
राज्यलाई ठगेर बदनाम छ सिप्रदी ट्रेडिङ, अझै छ कालोसूचीमा !
सिप्रदीले जनतालाई मात्र रुवाउने होइन, राज्यलाई नै ठग्ने गरेको छ । यतिसम्मकि सिप्रदीले त बालेन शाहको नेतृत्व रहेको कार्यालयलाई नै ठगीको प्रयास गरेको थियो । घटना केहि समय अघि मात्र बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदाको हो । काठमाडौँ महानगरपालिकाले गर्ने ६ थान हाइड्रोलिक टिपर ट्रक खरिदका लागि सिप्रदी छनोट भएको थियो । तर, सिप्रदी ट्रेडिङको बदमासी तव छताछुल्ल भयो जव, महानगरपालिकालाई उपलब्ध गराएको सवारी साधनको ब्लु बुकमा उत्पादन बर्ष र (म्यानिफ्याक्चर) वर्ष र च्यासिसमा भएको उत्पादन .म्यानिफ्याक्चर) वर्ष फरक देखियो ।
यो बदमासीको पोल खुलेपछि सिप्रदी ट्रेडिङलाई काठमाडौँ महानगर पालिकाले ३ बर्षका लागि कालोसूचीमा राखेको थियो र सो कालोसूची अहिले पनि कायम छ । खरिद सम्झौताको सर्त, बन्देज र दायित्वको पूर्णतः परिपालन गर्नु पर्नेमा सिप्रदीले सिधासिधा काठमाडौँ महानगरलाई ठग्न खोजेको थियो । पोल खुलेपछि पनि अनेक पावर लगाएर बालेनलाई समेत गलाउन खोजेको थियो सिप्रदीले । तर बालेनले गलत गर्ने कसैलाई नछाड्न निर्देशन दिएपछि टाटा कारवाहीमा पर्यो । सोच्नुस् त, जसले बालेनलाईसमेत ठग्न खोज्यो, त्यो कम्पनीले अरुलाई बाँकी राख्छ होला त ?
अझ काठमाडौँ महानगरपालिकामा सिप्रदी ट्रेडिङ्गको ठगी त एउटा प्रतिनिधि घटनामात्र भयो, छानविन हुने हो भने अन्य थुप्रै ठाउँमा पनि सिप्रदीले राज्यलाई नै ठगेको दाबी स्वयम् सिप्रदीका उच्च तहका कर्मचारीहरु गर्छन् । यस विषयमा अव छानविन गर्न ढिलो नगर्ने कि ?
सिप्रदी ट्रेडिङ र नेपालमा टाटाको बदमासी र ठगीबारेको थप विवरण आगामी अंकमा
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्