काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई काठमाडौं महानगरपालिका–७, सिफलबाट बिहीबार नियन्त्रणमा लिएको हो।
रिमाललाई बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दिपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको हो।
यसअघि जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुँदा रिमाल फरार अवस्थामा रहेका थिए। फरारकै रूपमा मुद्दा दायर गरिएको थियो।
हाल उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्