काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा पुगेको हो ।
यस दिन नेप्सेमा कुल ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्