Skip to content

प्रभु बैंकमा ‘प्रतिशोध देखिने’ हर्कत, धनगढी सरुवा गरिएका एजिएम श्रेष्ठको नाम र फोटो नै व्यवस्थापन टिमबाट हटाइयो !

nmb bank inside

काठमाडौँ । प्रभु बैंकले सोमबारदेखि लागु हुनेगरी धनगढी पठाइएका रमेश कुमार श्रेष्ठको नाम र तस्विर व्यवस्थापन टिमबाट हटाएको छ । बैंकले सोमबार उनको तस्विर र नाम हटाएको हो । जवकि जिम्मेवारीका हिसाबले उनी बैंककै एजिम नै हुन् ।

श्रेष्ठले पनि साथीभाईहरुले भनेपछि मात्र आफुले आफ्नो नाम हटाएको थाहा पाएको र अचम्ममा परेको बताए । ‘मेरो नाम र फोटो किन हटाइयो थाहा भएन । म धनगढी सरुवा भए पनि बैंककै एजिएम हुँ । सायद रविन्द्र, र दिपेन्द्रको टिमलाई मेरो फोटो हेर्न मन लागेन होला ।’ श्रेष्ठले भने । उनले भनेका रविन्द्र, बैंकका सूचना अधिकारी रविन्द्र ढकाल हुन् भने दिपेन्द्र भनेका दिपेन्द्र बाबु बिष्ट हुन् । उनी मार्केटिङ विभागमा छन् । दुई मिलेर आफुलाई सरुवा गर्न लगाएको आरोप श्रेष्ठले लगाउँदै आएका छन् ।

बैंकका सूचना अधिकारी रविन्द्र ढकाल भने फोन नै नलाग्ने बनाएर बसेका छन् । बैंकका अनेक विवाद आउँदा उनी सामाजिक संजालमा नाचेर बसेको भिडियो सार्वजनिक भएको थियो । दिपेन्द्र बिष्टले पनि श्रेष्ठलाई इंकित गर्दै स्ट्याटस लेखेका थिए ।     

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्