Skip to content

बुधबार २१.१९ अंकले घट्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनापछि मंगलबार  ४८ अंकले बढेको बजार बुधबार फेरि २१.१९ अंकले घटेको छ । आज नेप्से परिसूचक २१.१९ अंकले घटेर २,६१२ को विन्दुमा कायम भएको छ ।

आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको १ करोड ५१ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाउका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्