Skip to content

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

nmb bank inside

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८३ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, डल्लो भन्टा ७० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ तथा घिउ सिमी (लोकल) ८० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्