उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो ।
कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने ११, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४० र सिसिटिभी निगरानीमार्फत पहिचान भएका १६ सवारीसाधनमाथि कारबाही गरिएको छ ।
त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ७, हर्न निषेधको नियम उल्लङ्घन गर्ने १, सवारीको अवस्था ठीक नभएका ५ सवारीसाधनमाथि कारबाही गरिएको छ।
यसैगरी, अन्य शीर्षकमा २३२ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्