आज गोरु र कृषि औजारको पूजा गरी गोवर्द्धन पर्व मनाइँदै
काठमाडौं । यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजासँगै गोरु र कृषि औजारको पूजा गरिँदैछ। विशेषगरी कृषिमा प्रयोग हुने गोरु तथा विभिन्न औजारको पूजा गरी किसानले यो पर्व मनाउने गर्छन्।
परम्पराअनुसार आज हलो, जुवा, फाली, गोठ, पराल राख्ने नादी तथा घाँस काट्ने कचियालगायत कृषि कार्यमा प्रयोग हुने सामग्रीको पूजा गरिन्छ।
परम्परागत नेपाली समाजमा गोरु कृषि कार्यका साथै यातायातको प्रमुख साधनका रूपमा समेत प्रयोग हुँदै आएका थिए। खेत जोत्नेदेखि गोरुगाडा तानेर सामान ओसारपसार गर्नेसम्मका काममा गोरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
यस दिन गोरु तथा बहरलाई विशेष परिकार खुवाउने चलन पनि छ। पिठो, नुन, चोकर र पानी मिसाएर बनाइएको घोल तथा चामलको पिठो र तरकारी मिसाएर तयार पारिएको बावर खुवाउने परम्परा रहेको छ।
कृषि कार्यमा सहयोग पुर्याउने गोरु र औजारप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो पूजा गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्