मुगु। मुगुमा खत्याड खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको खत्याड गाउँपालिका–२ स्थित खत्याड खोलामा मिति २०८३ साल मंसिर २४ गते अपराह्न करिब ५:३० बजे नुहाउने क्रममा स्थानीय जयबहादुर बानियाँका पाँच वर्षीय छोरा रोजक बानियाँलाई खोलाले बगाएको हो।
प्रहरीका अनुसार मृतक बालक सहित ३–४ जना साथीहरूसँग खोलामा नुहाउन गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटना बारे खबर प्राप्त हुना साथ प्रहरी चौकी श्रीकोट रोल बाट प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावलको कमाण्डमा चार जनाको प्रहरी टोली घटना स्थलमा खटिएको थियो।
खोलाले बगाएका बालकलाई स्थानीयवासीले खोलाबाट बाहिर निकालेका थिए। घटनाको थप अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको कमाण्डमा SOCO सहित सात जनाको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कायालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिएका छन ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको समेत बताएका छन ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्