Skip to content

मंगलबार १२.७९ अंकले घट्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.७९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको हो ।

आजको बजारमा ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३५३ कम्पनीको १ करोड १२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ को कारोबार भएको छ । आज यसको २८ करोड ९१ लाख रुपैयााको इकाई कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभनदा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्