काठमाडौँ। बुधबार सेयर बजार नेप्से परिसूचक बढेको छ। आज नेप्से परिसूचक ८.६६ अंकले बढेर २,६४७ विन्दुमा पुगेको हो। आज १७० कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ।
आज दिनभरिको बजारमा ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड माथिको सेयर कारोबार भएको छ।आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ३४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ३० प्रतिशतका दरले गुमाएका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्