Skip to content

अरूण नदीकाे फेरी आज दुई बजेसम्म बन्द रहने

nmb bank inside

अरूण नदीकाे फेरी आज दुई बजेसम्म बन्द  रहने

भाेजपुर । अरूण नदीमा सञ्चालनमा रहेकाे फेरी आज बुधबार दुई बजेसम्म बन्द गरिएकाे छ ।      भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्वर ९ काे सिमाना अरूण नदीमा सञ्चालित फेरी दुई बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदासले बताए ।  याे फेरीले भाेजपुरकाे उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछाे गाउँपालिकाका नागरिकलाई खाँदबारी हुँदै तराईका जिल्लाहरूसँग आवतजावत गर्न सहज बनाएको छ। दिउँसो दुई बजेपछि भने सेवा पुन सुचारू गरिने सुचना नै जारी गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्