Skip to content

मिथिलाञ्चलमा गोवर्द्धन पूजाका साथै भाइदुज मनाइँदै, बजरी कुट्ने परम्परा कायमै (तस्बिरहरू)

nmb bank inside

मिथिलाञ्चलमा गोवर्द्धन पूजाका साथै भाइदुज मनाइँदै, बजरी कुट्ने परम्परा कायमै (तस्बिरहरू)

तस्बिर : सन्जय कुमार यादव / नेपाल न्यूज बैैंक 

प्राचीन मिथिलाञ्चल क्षेत्रमा मिथिलानीहरूले आज गोवर्द्धन पूजा गर्दैछन्। तिथिको हेरफेरका कारण हिजो कतिपय स्थानमा गोवर्द्धन पूजा मनाइए पनि जनकपुरधामसहित मिथिलाञ्चलका अधिकांश क्षेत्रमा आज पूजा मनाइँदैछ।

मिथिलाञ्चलमा आजैदेखि छठ पर्वको सुरुवात हुने मान्यता छ। गोवर्द्धन पूजाका अवसरमा महिलाहरू सामूहिक रूपमा पूजा गर्ने गर्छन्। पूजाका क्रममा केराउ (बजरी) लाई गोबरभित्र राखेर विशेष पूजाअर्चना गर्ने परम्परा छ।

पूजापछि बजरी भाइहरूलाई खुवाउने चलन रहेको छ। बजरी खुवाएमा दाजुभाइ बज्रझैँ बलियो हुने धार्मिक विश्वास मिथिलानीहरूमा रहेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्