काठमाडौँ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.७९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको हो ।
आजको बजारमा ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३५३ कम्पनीको १ करोड १२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ को कारोबार भएको छ । आज यसको २८ करोड ९१ लाख रुपैयााको इकाई कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभनदा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्