काठमाडौँ । ललितपुर महानगरपालिका-२ सानेपास्थित बागमती करिडोरमा शहीद स्मारक पार्क निर्माण सुरु भएको करिब १५ वर्ष बितेपनि पार्कले अझै पूर्णता पाएको छैन । विसं २०६६ मा शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण समितिद्वारा निर्माण सुरु भए पनि हालसम्म पार्क व्यवस्थित बन्न नसकेको हो ।
बागमती करिडोरमा स्मारक पार्कसँगै निर्माण सुरु गरेका बिपी र मनमोहन पार्क हाल हराभरा छन् । अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले बागमती करिडोरलाई व्यवस्थित गर्ने जिम्मा लिएपछि तत्कालिन शहीद स्मारक पार्क निर्माण समिति अहिले छैन भने पार्क हेरचाहका निम्ति कर्मचारी पनि छैनन् । उक्त पार्क अस्तव्यस्त अवस्थामा छ । विकास समितले करिडोरका पार्कलाई थप व्यवस्थित गर्न महानगरलाई हस्तान्तरण गर्ने पक्रियामा रहेकाले हस्तान्तरणपछि सबै पार्कलाई थप व्यवस्थित गरिने ललितपुर-२ का वडाध्यक्ष राजेशकुमार महर्जनले जानकारी दिएका छन् । हेरचाहका लागि कर्मचारी नरहेकाले हाल पशुचौपाय पार्कमा प्रवेश गरेका हुन्छन् ।
सधैँ खुल्ला रहने गेटमा ठूलो अक्षरमा ‘शहीद स्मारक पार्क’ लेखिएकाले मात्र पार्क हो भन्ने थाहा हुने स्थानीय बताउँछन् । विकास समितिले महानगरलाई पार्क हस्तारण नगरेपनि वडाले शहीद स्मारक पार्कको संरक्षण गरिरहेको वडाध्यक्ष महर्जनले जानकारी दिएका छन् । उनले भने, ‘विकास समतिले महानगरलाई अधिकार हस्तान्तरण गरेपछि पार्कलाई थप व्यवस्थित गर्ने तयारीमा छौँ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्