Skip to content
nabil bank inside

रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण

nmb bank inside

काठमाडौँ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । गाउँपालिकामा हालसम्म १ सय ७ भूमिहनलाई निस्सा वितरण गरिएको हो ।

गाउँपालिको कार्यालयमा २३ भूमिहिन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य शुशिल विष्टले जानकारी दिएका छन् । उनले भने, ‘निस्सा जग्गा प्राप्तिको पहिलो आधार हो । जग्गा उपलब्ध गराउन प्रक्रियाको थालनी भएको छ । भूमिहिनले जग्गा प्राप्तिका लागि निवेदन दिएपछि निस्सा वितरण थालिएको हो ।’  अब चाँडै जग्गा नापजाँच गरिने सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गरिने विज्ञ सदस्य विष्टले जनाएका छन् ।

भूमिहीनले जग्गा पाउने निश्चित भएपछि उनीहरुलाई जग्गा उपलब्ध गराइने छ । भुमिहिन दलित तथा सुकुम्बासीलाई आवासका लागि ३ सय वर्गमिटर र कृषिका लागि १ हजार वर्गमिटिर जग्गा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिएका छन् । छनोटमा परेका लाभग्राहीलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँको जग्गा दिने तथा त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने उनको भनाइ छ । जिल्लामा १ हजार ८ सयभन्दा बढी जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । निस्सा वितरण कार्य जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन गरिने आयोगले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्