काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत सेयर बिक्रीबापत आफूले पैसा नलिएको दाबी गरेका छन् । सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले पैसा नलिएको दाबी गरेका हुन् ।
उनले सञ्चारमाध्यममा आएको जस्तो रु १ करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको जिकिर गरेका छन् । ‘मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा ‘गुडविल सेयर’को अपेक्षा गरेको र गुडविल सेयरको प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन’, सो सम्बन्धमा उठेका जिज्ञाशाको जवाफ दिँदै सभापति रवि लामिछानेले भने । ‘सन् २०२२ जुन १७ मा रु १ करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (इसिसी)मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ’, बैंकको पत्र देखाउँदै उनले भने ।
पत्रकार सम्मेलनमा पूर्व बैंकर एवं रास्वपाका नेता अनिल केशरी शाहले पनि उक्त चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको दाबी गरेका छन् । उनले यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै यो कुनै नयाँ घटना नभएकोसमेत उल्लेख गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्