Skip to content
nabil bank inside

श्री स्वस्थानी व्रतकथा प्रारम्भ !

nmb bank inside

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरी महिलाहरूमात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा वर्णन गरिए जस्तै:सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

यस्तो छ धार्मिक विश्वास:

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाह योग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

व्रतको नियम:

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषत:महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । यो व्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अङ्ग हो । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रै देश नैपालको काठमाण्डौमा छन् । यो व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपाल कै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ । सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्रि पार्वतीले श्री महादेवलाई पति पाँऊ भनि गर्नु भएको थियो ।

प्रतेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस व्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुवै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना-पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नु पर्दछ । व्रत गर्नेले त्यसै दिन देखी व्रत नसकिदा सम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन । त्यसै दिन देखी एक महिना सम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गए पछि जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु व्रतका अनिबार्य नियमहरू हुन् ।

पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) शुद्ध वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य (गोबर, गोमुत्र, दुध, दहि र घ्यू)का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्र:पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । त्यसपछी त्यसै अभिशेकबाट ‘मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख-सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गरी व्रतको सुरुवात गर्नु पर्दछ । त्यसपछी आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्य पछि मात्रै दिप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ ।

दिप गणेश र कलशको पूजा सम्पन्न भैसकेपछि एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नु पर्दछ । सुन नभए यथासक्य भेटी राखी श्री स्वस्थानी माताको स्थापना गर्नु पर्दछ । श्री स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशुल, तरवार, चक्र र कमल धारण गरेकी हुन्छन् । यिन्को पग्लिएको सुनको जस्तै पहेलो वर्ण छ । विविध आभूषणहरूले सोभायमान श्री स्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुन्छन् । यिनी आदिशक्ती स्वरुपा भएकीले आफ्ना भक्तजनहरूलाई मनले चिताएको फल तुरन्तै दिने गर्दछिन् । अष्टदल कमलको वरिपरि क्रमश:वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । प्रतेक दिन बिहान दिप गणेश र कलशको पूजा गर्नुका साथै माथी उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, बाटेको धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य, सेलरोटी, हलुवा इत्यादीले गर्नु पर्दछ । पूजा पछि दुवै हातमा फूललिई हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरी साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ ।

सुवर्ण-वर्ण-दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।

सिंहासन-समासीनां सर्वालंकार-भूषिताम् ।।

नीलोत्पल-धरां वामे , दक्षिणे वरदां शुभाम् ।

खड्ग-चर्मधरां चोध्र्वं वामदक्षिणयो:क्रमात ।।

चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।

एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात:सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी,
विविध आभुषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, 
चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्