काठमाडौँ । शुक्रबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । यो औसत मूल्य हो । नेपाली ठूलो गोलभेँडा बढीमा ७० रुपैयाँ र घटीमा ६० रुपैयाँसम्ममा कारोबार भइरहेको समितिले जनाएको छ ।
त्यसैगरी भारतीय ठूलो गोलभेँडा औसत ७५, लोकल सानो गोलभेँडा २२, तराईको गोलभेँडा ३५, रातो आलु ३२, भारतीय रातो आलु ३५, लोकल गाँजर ३२, लोकल बन्दा ३०, स्थानीय काउली ३०, ज्यापु काउली ४५, तराईको काउली २५, रातो मुला ५५, सेतो मुला २७ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।
यस्तै, तिते करेला १ सय ३६,मटरकोशा ८०, तराईको परवल २ सय ९०, घिरौँला १ सय ३, पाकेको फर्सी ४५, हरियो फर्सी ४६, रायोको साग ४६, बकुल्ला ६६, ब्रोकाउली ४६, फुजी स्याउ ३ सय २५, हरियो अंगुर १ सय ३०, कालो अंगुर २ सय १० प्रतिकिलोमा कारोबार भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्