Skip to content
nabil bank inside

सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ,लेनदेन बाँकी भए ३५ दिनभित्र जानकारी गराउन आग्रह

nmb bank inside

काठमाडौँ । सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज भएको छ । रेमिट्यान्स कारोबार गर्न अनुमति प्राप्त गरेको यो कम्पनीको इजाजतपत्र खारेज गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली २०७९ बमोजिम खारेज हुने देखिएकाले रेमिट्यान्स कारोबारको सिलसिलामा यो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरेको छ । यो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्यहोरा सूचनामा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्