काठमाडौँ । अबदेखि महिला स्वास्थ्य स्वयंसेविकाले काममा आवतजावत गर्दा सार्वजनिक यातायातमा भाडा तिर्न नपर्ने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सम्झौता बमोजिम स्वयंसेविकाले काममा आवतजावत गर्न निःशुल्क रुपमा यातायात चढ्न पाउने भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरेका हुन् ।
सम्झौता कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताए। उनले यातायातको सुविधा निःशुल्क रुपमा उपलब्ध गराउनसके मात्रै पनि धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे। सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा उनले विश्वास व्यक्त गरे।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्