काठमाडौँ । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङमा रहेको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ ।
कार्यालय सञ्चालनमा आएपछि विशेषगरी भेडा च्याङ्ग्रा आयातरनिर्यातमा सहज हुनुका साथै नाकामा आउजाउ तथा व्यापारिक कारोबार सजिलो हुने छ । अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रखुम जिल्ला अधिकारी सुवेदीको भनाइ छ ।
अहिले मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आउजाउ गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपालीले भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउने छन् ।
चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोस्टको भवन बनाइएको छ । आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ ।
नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिए। रासस
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्