काठमाडौँ । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि हातपात र कार्यकक्षमा तोडफोड गर्ने वडाध्यक्षले माफी मागेका छन्। बागमती प्रदेशका पूर्व पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनसहितको उपस्थितिमा भएको छलफलमा हातपात गर्ने वडा नं.३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले माफी मागेको मेयरको निजी सचिवालयले जनाएको छ।
वडाध्यक्षले माफी मागेकाले कारबाही अगाडि नबढाइएको मेयरका निजी सचिब केशब महर्जनले बताए । वडाध्यक्ष मर्हजनले आइतबार दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर मेयरमाथि हातपात गर्नुका साथै कार्यकक्षमा तोडफोड समेत गरेका थिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्