Skip to content
nabil bank inside

गुल्मीमा गर्भवती र सुत्केरीलाई पोषण प्याकेज

nmb bank inside

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।

यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथमपटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए ।

यो कार्यक्रम चालु आर्थिक वर्षभरि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष रु पाँच लाख बजेट विनियोजन गरी नगरले गर्भवती र सुत्केरीका लागि काम गरिरहेको छ । नगरका १४ वडाका १६ स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन हुनेछ । यसरी हेर्दा नगरपालिकाभरी एक सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । रासस

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्