Skip to content

आइतबार सुनको मूल्य बढ्यो , चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको हो।

योसँगै, आज सुन एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।गत शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा दुई हजार १६५ मा कारोबार भएको थियो ।

 

arrow प्रतिक्रिया दिनुहोस्