Skip to content

 ७२ जिल्ला विदेशीलाई लिजमा दिने भन्ने सांसद सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले  ७२ जिल्ला विदेशीलाई लिजमा दिने भनेर दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ । आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको भन्दै  सरकार प्रति दिएको अभिव्यक्ति रेकर्डबाट डिलिट भएको हो ।

यस्तो भनाइ राख्ने क्रममा उनले बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर सरकारमाथि व्यङ्ग्य गरेका थिए ।‘बजेट पाएका चार/पाँच जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्ला लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं । ति जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ?’ सांसद सिंहले भने ।

तर, उनको यस्तो अभिव्यक्ति नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको भनेर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुख घिमिरेले पाँच वटा जिल्लाको नाम लिएर बाँकीलाई लिजमा दिए हुन्छ भनेर दिएको अभिव्यक्ति असंसदीय रहेको भनेर संसदीय रकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए ।

arrow प्रतिक्रिया दिनुहोस्