काठमाडौं । नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ४ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ ।मंगलबार बेलुका साढे ५बजेको बाढीले मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं ४ स्थित चुम्जुङ खोला (छुआमा खोला समेत भनिने)मा नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आई ३ वटा काठे पुल, १ वटा मोटरेबल फलामे पुल र २ वटा स्ल्याब बगाएको र २ वटा पक्की पुलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो ।
वडा नं १ छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ भने उक्त खोलाको किनारमा पर्ने धीगाउँ, चराङ, सुर्खाङ, छुसाङका साथै कालीगण्डकी किनारका कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, खन्तीबजार, कोबाङ लगायतका जोखिमयुक्त बस्तीका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन प्रमुख अधिकारी विष्णु प्रसाद भुसालले आग्रह गरेका छन् ।
साथै यस जिल्लास्थित सुरक्षा निकायहरु विपद् प्रतिकार्यका लागि परिचालन गरिएको पनि भुसालले जानकारी दिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्