काठमाडौँ ।अब बैंक खातामा रकम भए मात्र शेयर खरिद गर्न पाइने भएको छ। नेपाल धितोपत्र बोर्डले अबदेखि दोस्रो बजारबाट शेयर खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा रकम अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था ल्याउने तयारि गरेको हो ।
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था लागू गर्ने तयारी गरेको छ। बोर्डको नीतिमा उल्लेख गरिए अनुसार ‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएमात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ’
त्यस्तै, प्राथमिक शेयर निष्काशन (आईपीओ) प्रक्रियामा समेत प्रविधि आधारित सुधार ल्याउने योजना सार्वजनिक गरिएको छ। अब आईपीओको आवेदन दिएकै समयमा प्रणालीबाट तत्कालै भेरिफिकेसन भई रकम रोक्का हुने र बाँडफाँटपछि स्वतः फुकुवा हुने व्यवस्था गरिनेछ। यसका लागि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङबाट एपीआई लिने प्रावधान रहनेछ।
बोर्डले गैरआवासीय नेपाली (एनआरएन) का लागि पनि शेयर कारोबार सजिलो बनाउने तयारी गरेको छ। गैरआवासीय नेपाली नागरिकताको आधारमा उनीहरूले सरल प्रक्रियाबाट धितोपत्र कारोबार गर्न पाउने व्यवस्था मिलाइने बताइएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्