काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिवाना तिराएको छ । शिक्षा मन्त्रालयको इजाजत नलिई एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरेको भन्दै विभागले उक्त कन्सल्टेन्सी हरूलाई मङ्गलवार १ लाख ६१ हजार रुपैंया जरिवाना तिराएको हो।
विभागको कारबाहीमा पर्ने कन्सल्टेन्सीहरूमा काठमाडौँ महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी– ४ को हिमालयन एजुकेसनल ग्रुप सर्भिसलाई ५१ हजार रुपैयाँ र काठमाडौँ– १४ को प्रिज्म इन्टरनेसनल ल्याङ्वेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
यस्तै विभागले ३ वटा कन्सल्टेन्सीलाई कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने अन्य ९ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।एजुकेसनल कन्सल्टेन्सीहरूले उपभोक्ता ठगेको उजुरीपछि १ साउनबाट विभागले अनुगमन सुरु गरेको थियो ।
अनुगमनका क्रममा ७० प्रतिशत कन्सल्टेन्सीहरू बिना दर्ता सञ्चालनमा रहेको, शिक्षा मन्त्रालयबाट इजाजत नलिई अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।