Skip to content
nabil bank inside

Operation IME (भाग १) : आइएमई लाइफका डेपुटी सीइओ खिलेन्द्र पौडेलले पाएको अवार्ड विवादमा !

nmb bank inside
काठमाडौँ । आइएमई ग्रुप अन्तर्गतका दुई कम्पनी ग्लोबल आईएमई बैंक र आईएमई स्वयमले प्रायोजन गरेको अवार्ड कार्यक्रममा आइएमईकै पूर्व सीइओ र हाल पनि आईएमई लाइफकै डेपुटी सीइओ रहेका खिलेन्द्र पौडेल सम्मानित भएका छन् । आइएमई र ग्लोबल आईएमईले नै प्रायोजन गरेको कार्यक्रममा पौडेलले एक्सिलेन्स इन फाइनान्सियल सर्भिसेस विधामा अवार्ड पाएका हुन् । केहि समय अघि देखि अवार्ड कार्यक्रम गर्दै आएको सिजन मिडियाले देशका दिग्गज व्यक्तिहरुलाई सम्मान गरेको छ ।
आजसम्म यो अवार्ड विवादमा परेको पनि थिएन र अरुलाई अवार्ड दिंदा प्रश्न पनि उठेको छैन । तर ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको, र आईएमई पनि कार्यक्रममा प्रायोजक नै रहेको अवस्थामा उनले पाएको अवार्ड माथि प्रश्न उठेको छ । कतै प्रायोजनको डिल एउटा एक्सट्रा अवार्डमा त भएको थिएन ? भन्ने प्रश्नसमेत उठेको छ ।
यता आयोजकले पौडेलले गरेको योगदानका लागि अवार्ड दिएको दाबी गरेको छ । सो कार्यक्रममै आयोजकले उनले गरेको योगदानका लागि अवार्ड दिएको दाबी गरेको थियो ।
यता पौडेल निकटहरुले पनि उनले सो अवार्ड लिएर गलत गरेको दाबी गरेका छन् । ‘दिनेले त फ़ुर्क्याउन दियो होला, वा योगदान नै भएर दियो होला । तर आफ्नै ग्रुपले पैसा खर्च गरेको कार्यक्रममा आफैंले अवार्ड नलिएको भए हुन्थ्यो, जुन पौडेलले लिएका छन् ।’ पौडेल निकट आईएमई ग्रुपकै एक उच्च अधिकारीले अर्थ खबरसँग भने, ‘यसले सन्देश पनि राम्रो गएन । विवादमा नतानिएको एउटा कार्यक्रम विवादमा तानियो ।’
पौडेलले भने यस विषयमा जिज्ञासा राख्न खोज्दा सम्पर्कमा नै आउन चाहेनन् ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्