Skip to content

बालेनले हर्कलाई भने : जति गाली गरे पनि तिमीलाई माया गर्न छोड्दिनँ

काठमाडौँ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क सम्पाङ्गलाई सधै माया गरिरहने बताएका छन् । मंगलबार सामाजिक संजाल फेसबुक मार्फत बालेनले यस्तो बताएका हुन्।

बालेनले आफुलाई जति गालि गरेपनि तिमीलाई माया गर्न छाड्दिन तिमि मेरो साचो माया हो भन्दै लेखेका छन् । उनले भनेका छन् , ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’ बालेनले अग्रेंजी लेखेका छन, ‘यु आर माइ ट्रिउ लब ‘ ।

आफूलाई प्रधानमन्त्री नबनाएको भनेर धरानका मेयर साम्पाङले बालेनलक्षित विभिन्न टिप्पणी गर्दै आइरहेका छन्।

arrow प्रतिक्रिया दिनुहोस्