काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारबाट अन्तिम १५ मिनेटको औषत गणना विधिलाई हटाउने भएको छ । नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न पत्र पठाएसँगै नेप्सेले उक्त गणना विधि स्थगित गर्न लागेको हो ।
लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए ।त्यसपछि, नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । १५ मिनेटको औषत गणना विधि हट्ने भएपछि सेयर लगानीकर्ताहरू खुसी भएका छन ।